Kathmandu Press

कारबाहीमा परेका नेतालाई पदमुक्त नगरेको भन्दै माओवादी केन्द्र आयोगमा

काठमाडौं, असार ४ : एमालेमा गएका नेताहरूलाई पदमुक्त गरेको सूचना जारी नगरेको भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। काठमाडौं, असार ४ पार्टीले...
कारबाहीमा परेका नेतालाई पदमुक्त नगरेको भन्दै माओवादी केन्द्र आयोगमा

काठमाडौं, असार ४ : एमालेमा गएका नेताहरूलाई पदमुक्त गरेको सूचना जारी नगरेको भन्दै माओवादी केन्द्रले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। 

काठमाडौं, असार ४ पार्टीले जनप्रतिनिधिलाई कारबाही गरे पनि आयोगले सूचना जारी नगरेसम्म जनप्रतिनिधि पदमुक्त नहुने कानुनी व्यवस्था छ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहसहित १८ जनप्रतिनिधि माओवादी त्यागेर एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको थियो। तर आयोगले कारबाही गरेको सूचना जारी नगरेपछि ध्यानाकर्षण गराउन माओवादी केन्द्र आयोग पुगेको हो।

विधानसम्मत प्रक्रिया पूरा गरेर कारबाही गरिएकालाई पदमुक्त गरिनुपर्ने माओवादी केन्द्रको भनाइ रहे पनि आयोगले भने पदमुक्त गर्न आवश्यक कागजात नपुगेको बताएको छ।

केन्द्रीय कमिटीले कारबाही गरेको प्रतिलिपि नआएकाले कारबाहीको सूचना सार्वजनिक नगरेको आयोगको भनाइ छ।
 

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्