Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक जारी, प्रस्तावित कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं, असार ४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ।तोकिएको समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो। आज (शुक्रबार) को  बैठक...
कांग्रेस केन्द्रीय समिति बैठक जारी, प्रस्तावित कार्यतालिकाबारे छलफल हुँदै

काठमाडौं, असार ४ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ।

तोकिएको समयभन्दा ढिलो गरी बैठक सुरु भएको हो। आज (शुक्रबार) को  बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो।

Hardik ivf

हिजो (बिहीबार) को बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औं महाधिवेशनका लागि संशोधित कार्यतालिका प्रस्तुत गरेका थिए।

आजको बैठकमा सोही कार्यतालिका अनुमोदनका लागि छलफल भइरहेको बताइएको छ।

कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा १४औं महाधिवेशन गर्ने लागेको छ।

प्रस्तावित कार्यतालिकामा साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँ तथा नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशनका उल्लेख छ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन साउन २३ गते र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २६ गते गर्ने पनिप्रस्तावमा उल्लेख छ। प्रदेश अधिवेशन भदौ १ र २ गते हुने गरी कार्यतालिका बनाइएको छ

क्रियाशील सदस्यता टुंग्याउन असार मसान्तसम्मको समय दिने प्रस्ताव पनिगरिएको छ।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्