Kathmandu Press

बाढीपीडितको उद्धार र राहत व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं, असार ४ : राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह...
बाढीपीडितको उद्धार र राहत व्यवस्था मिलाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं, असार ४ : राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिरो तथा डुबान पीडितहरुको तत्काल उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विपदको यस घडीमा मानवीय सहयोगको उच्चतम भावनाका साथ उद्धार राहत तथा पसनस्थापनाका लागि जुट्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

प्राकृतिक विपत्तिबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न, प्राकृतिक विपद्को रोकथाममा पूर्वतयारी अपनाउन पनि सरकारलाई आग्रह गरिएको छ।

प्राकृतिक विपद्का कारण हाल भइरहेको धनजनको क्षति, पीडितहरुको उद्धार एवम् राहतको पूर्वतयारीलगायतका सम्बन्धमा सरकारले गरिरहेका कार्यहरुको जानकारी गराउन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको पनि विज्ञप्तिमा जनाइएको छ।

केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरुबाट पीडितहरुको अवस्था, राहत, उद्धार तथा स्वास्थ्य उपचारका सम्बन्धमा अनुगममन भइरहेको आयोगले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार बेलुका आएको बाढी र पहिरोमा परी चार जना बेपत्ता भएको, सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची बजार क्षेत्रका चार वटा पुलहरु बगाउँदा यातायात सम्पर्क विच्छेद भएको अनुगमनको क्रममा बुझिएको आयोगको भनाइ छ।

त्‍यसैगरी  म्याग्दी, बागलुङ, पाल्पा, गोरखा लगायतका जिल्लाहरुमा बाढी पहिरोका कारण यातायात अबरुद्ध भएको, पर्वत, लमजुङ, मनाङ, नवलपरासी लगायतका जिल्लामा सयौं परिवार बाढी, पहिरो र डुबानको जोखिममा रहेको आयोगलाई जानकारी प्राप्त भएको बताइएको छ। 

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्