Kathmandu Press

कालीगण्डकीले दुई युवकलाई बगायो, एक बेपत्ता, एकको उद्धार

तनहुँ, असार १३ : देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। एक युवकको भने उद्धार गरिएको छ।

हिजो साँझ का....

कालीगण्डकीले दुई युवकलाई बगायो, एक बेपत्ता, एकको उद्धार

तनहुँ, असार १३ : देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। एक युवकको भने उद्धार गरिएको छ।

हिजो साँझ कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन्।

उनीसँगै पौडी खेलेका चितवनको भरतपुर महानगरपालिका–११ का २३ वर्षीय शिवहरि सुवेदीको भने उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार, किरण र शिवहरि मामा–भान्जा हुन्।

नदीले बगाएका शिवहरि कराएको सुनेपछि स्थानीय बासिन्दाले उद्धार गरेका थिए। उनको अवस्था समान्य रहेको छ। किरण भने फेला परेका छैनन्।

किरणको खोजी भइरहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दा र प्रहरी टोली खोजीमा जुटेको छ।

प्रकाशित मिति: १०:२० बजे, शुक्रबार, असार १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्