Kathmandu Press

उपेन्द्र यादव समूहले पेस गर्यो पार्टी आधिकारिकताको दाबी‍

काठमाडौं, असार ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू पार्टीको वैधानिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन्।सो पक्षको हिजो (बिहीबार)...
उपेन्द्र यादव समूहले पेस गर्यो पार्टी आधिकारिकताको दाबी‍

काठमाडौं, असार ४ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू पार्टीको वैधानिकता दाबी गर्न निर्वाचन आयोग पुगेका छन्।

सो पक्षको हिजो (बिहीबार) बसेको कार्यकारिणी समिति बैठकले वैधानिकता दाबी गर्ने निर्णय गरेको थियो।

यसअघि जेठ १७ गते जसपा दुवै अध्यक्षले एकअर्कालाई कारबाही गरेको पत्र आयोमा बुझएका थिए। आयोगमा बुझाइएका पत्रमा उपेन्द्र पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको र ठाकुरले पनि उपेन्द्रलाई पार्टीबाट निष्कासन गरेको उल्लेख थियो।।

तर आयोगले ३० जेठमा दुवै समूहको मागदाबीअनुसार दल दर्ता किताब अद्यावधिक गर्नै नसकिने जवाफ दिएको थियो। यसपटक उपेन्द्र पक्षले राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ४३ मा टेकेर दलको वैधानिकता दाबी गरेका हुन्।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्