Kathmandu Press

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत, असार ४ : एमाले कर्णाली प्रदेश संसदीय दलले पार्टीबाट सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ।आज (शुक्रबार) सम्पन्न संसदीय दलको...
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत, असार ४ : एमाले कर्णाली प्रदेश संसदीय दलले पार्टीबाट सरकारमा सहभागी तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ।

आज (शुक्रबार) सम्पन्न संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

उनीहरू तीनजना वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसदमध्येका हुन्।।

विश्वासको मत पाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो। त्यसलगत्तै मुख्यमन्त्री शाहीले थापा, शाही र बुढालाई मन्त्रीमा नियुक्त गरेका थिए।

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्