Kathmandu Press

युवतीमाथि सिरिन्जले आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं, असार १३ : राजधानीका विभिन्न स्थानमा युवतीमाथि सिरिन्जले आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।

साँझ र राति युवतीमाथि सिरिन्जले घोप....

युवतीमाथि सिरिन्जले आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं, असार १३ : राजधानीका विभिन्न स्थानमा युवतीमाथि सिरिन्जले आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।

साँझ र राति युवतीमाथि सिरिन्जले घोपेको आरोपमा हिजो राति १ बजे महाराजगञ्जबाट ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन्। रामेछाप घर भएका सन्तोष महारागञ्जमा बस्दै आएका थिए।

बाटो हिडिरहेका युवतीमाथि सिरिन्जले घोचेर भाग्ने गरेको पाइएको थियो। प्रहरीले केही सातादेखि त्यस्ता युवाको खोजी गरिरहेको थियो।

बाटोमा हिड्दा तिखो बस्तुले घोचेर घाउ बनेपछि केही युवती उपचार गर्न अस्पताल पुगेका थिए। उनीहरू प्रहरीमा उजुरी पनि गरेका थिए।

ति युवतीको उजुरीको आधारमा अनुसन्धान सुरू गरेको प्रहरीले हिजो राति सन्तोषलाई पक्राउ गरेको हो। काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार, आक्रमण गरिएको स्थानका सीसीटिभी फुटेका आधारमा सन्तोषलाई पक्राउ गरिएको हो।

सन्तोषले सिरिन्जले नघोचेको बयान दिएका छन्। प्रहरीका अनुसार, किलाले घोचेको उनको भनाइ छ। यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १०:०३ बजे, शुक्रबार, असार १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्