गिटी बालुवा निकासीविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै
काठमाडौं, असार ४ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनको आज सुनुवाइ हुँदैछ । सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...
काठमाडौं, असार ४ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा गिटी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनको आज सुनुवाइ हुँदैछ ।
सुनवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीश राखेर इजलास गठन गरिएको छ। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन्।
सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा गिटी–बालुवा विदेस निकासी गरी व्यापार घाटा घटाउने उल्लेख छ। जसको चौतर्फी विरोध भइरहेको छ।
प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











