Kathmandu Press

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा, असार ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। आज बिहान ११ बजे बस्ने प्रदेश सभा...
गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

पोखरा, असार ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। 

आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठक बोलाइएको छ। उनले बिहान ११ बजे नै विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले बताए।

उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। यो धारा अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। 

त्यहि अनुसार, मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिन लागेका हुन्। यसका लागि उनले बुधबार नै प्रदेश सभामा प्रस्ताव दर्ता गराएका थिए। 

नेपाली कांग्रेसका पोखरेल नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। 

उनको पक्षमा ३१ सांसद छन्। अहिले गण्डकी प्रदेश सभामा नेकपा (एमाल) मात्रै विपक्षमा छ। एमालेका २७ सांसद छन्। 

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्