Kathmandu Press

सुदूरपश्चिम, बाग्मती र प्रदेश १ मा भीषण वर्षाको सम्भावना

काठमाडौं, असार ४ : मनसुनी वायुको प्रभावले सुदूरपश्चिम, बाग्मती र प्रदेश १ मा भीषण वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम...
सुदूरपश्चिम, बाग्मती र प्रदेश १ मा भीषण वर्षाको सम्भावना

काठमाडौं, असार ४ : मनसुनी वायुको प्रभावले सुदूरपश्चिम, बाग्मती र प्रदेश १ मा भीषण वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तर, प्रदेश १, बाग्मती र सुदूरपश्चिमका एक वा दुई स्थानमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ। 

पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हलका वर्षा भइरहेको छ। 

आज दिउँसो पनि देशभरको मौसम बदली रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भने भीषण वर्षा हुने जनाएको छ। 
 

प्रकाशित मिति: ०६:५९ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्