कांग्रेस महाधिवेशन कार्यतालिका सामान्य संशोधन, साउन १२ देखि तल्लो तहको अधिवेशन
काठमाडौं, असार ३ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्ने भएको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा...काठमाडौं, असार ३ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्ने भएको छ । बिहीबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा तालिका संशोधनको प्रस्ताव गर्न लगिएको हो ।
सह महामन्त्री प्रकाशशरण महतका अनुसार कांग्रेसले तल्ला तहको अधिवेशन आगामी साउन १२ गतेदेखि गर्नेगरी बैठकमा छलफल भइरहेको छ । यसअघि कांग्रेसको गत शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेको थियो ।
पार्टीको जारी बैठकले उक्त कार्यतालिकालाई ६ दिन पर धकेल्ने प्रस्ताव गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि सामान्य हेरफेर गरिएको बताइएको छ । तर केन्द्रीय अधिवेसन भने पदाधीकारी निर्णय बमोजिम भदौं १६ देखि १९ गतेकै मितीमा गर्ने प्रस्ताव कार्यसमिति बैठकमा राखिएको छ ।
आजबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा साउन १२ गतेदेखि स्थानीय तहमा अधिवेशन शुरु गर्ने र भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश भएको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशरण महतले जानकारी दिए । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य तथा कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले क्रियाशील सदस्यता नवीकरणको काम भइरहेको बताएका छन् ।
क्रियाशील सदस्यताको विषयले महाविधेशन प्रभावित नभएको बताएका नेता लेखकले कोरोनाका कारण आगामी महाविधेशनको मिति हेरफेर गर्नुपरेको बताए ।











