Kathmandu Press

बाढीपहिरोका कारण पानीजन्य रोग फैलने भन्दै स्वास्थ्य मन्त्रालयले गरायो सचेत 

काठमाडौं, असार ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहनका लागि आग्रह गरेको...
बाढीपहिरोका कारण पानीजन्य रोग फैलने भन्दै स्वास्थ्य मन्त्रालयले गरायो सचेत 

काठमाडौं, असार ३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण लगायत पानीजन्य रोगहरु बढ्न सक्ने भन्दै सचेत रहनका लागि आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजर हुनु जरुरी रहेको उल्लेख गरेका हुन् ।

‘बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी समस्याहरु झनै बढ्नसक्ने तर्फ सबै सजग हुनु जरुरी देखिन्छ ।

उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गाउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्