Kathmandu Press

पत्रकारहरुलाई कोभिड विरुद्ध खोपको माग गर्दै सर्वोच्चमा रिट

पत्रकारहरुलाई कोभिड विरुद्ध खोपको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, असार ३ : फ्रन्टलाइनमा कार्यरत सबै पत्रकारका लागि कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । 

पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ धिमिरे र बिष्णु गिरी निश्चलले यसअघि खोप लगाउन छुटेका सबै पत्रकारहरुलाई प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग राख्दै रिट दायर गरेका हुन् ।

रिटको सुनुवाई आइतबारको लागि तोकिएको छ। यसअघि पहिलो र दोस्रो चरणको खोप अभियानमा केही पत्रकारहरुले कोरोनाको खोप लगाएको भएपनि अझै धेरै पत्रकारहरु कोरोनाविरुद्धको खोप लगाउनबाट बन्चित छन् । 

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्