Kathmandu Press

मेलम्ची अपडेट : लेदो बग्ने क्रम रोकिएन, ४० घर अझै उच्च जोखिममा

बुधबार साँझसम्म खोलाले विभिन्न घरायसी सामान बगाएर ल्याइ नै रहेकाले जोखिम कम नभएको स्थानीय वेदलाल दुलालले बताए।
मेलम्ची अपडेट : लेदो बग्ने क्रम रोकिएन, ४० घर अझै उच्च जोखिममा

सिन्धुपाल्चोक, असार ३ : सिन्धुपाल्चोकको मेलम्ची लेदो बग्न रोकिएको छैन। जसले गर्दा स्थानीय अझै त्रसित छन्।

खोलामा पानीको सट्टा निरन्तर लेदो बगिरहँदा खासगरी खोलाछेउमा घर भएका स्थानीय कतिखेर पुरिन्छ भन्दै चिन्तित बनेका छन्।

बुधबार साँझसम्म खोलाले विभिन्न घरायसी सामान बगाएर ल्याइ नै रहेकाले जोखिम कम नभएको स्थानीय वेदलाल दुलालले बताए। ‘बाढीले घर भेट्न एकदुई मिटर बाँकी छ,’ दुलाल भन्छन्, ‘कति खेर घर बगाउँछ जस्तो लाग्छ,’ उनले भने, ‘त्यसैले भित्र जान सकिएको छैन।’

Hardik ivf

उनका अनुसार पानी मात्र बगेको भए पौडने सम्भावना हुने भए पनि लेदोका कारण घरभित्र पस्न सकिने अवस्था छैन। उच्च जोखिमबीच बुधबार दिउँसो एकदुईजनाले घरभित्र पसेर लत्ताकपडा ओढ्नेओछ्याउने निकालेको दुलालले बताए।

‘खोलामा पानी मात्र आएको भए घर बगाउन र पुर्न सक्दैनथ्यो कि भन्ने लाग्छ,’ उनले भने, ‘पुरै लेदो आएको छ । त्यसबाट पक्की घर पनि पुरिन सक्ने डरले बाहिरै बसिरहेका छौं।’ 

उच्च जोखिममा रहेका मेलम्ची नगरवासी मंगलबारदेखि नै कोही आफन्तकहाँ गएर बसेका छन् भने कोही कोठा भाडामा लिएर सुरक्षित स्थानमा सरेका छन्। 

इन्द्रावती र मेलम्ची खोलाका बीचमा रहेको बगैंचास्थित १०/१५ वटा घरसमेत गरी ४० घर अझै उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले बताए।  ती ४० घरका १ सय ५० भन्दा बढी सदस्य आश्रित रहँदै आएको उनको भनाइ छ। 

लेदो निरन्तर बगिरहँदा पाँचपोखरी थाङपाल गाउँपालिका तथा हेलम्बु गाउँपालिकामा ठूलो क्षति भएको नगरपालिकाले बताएको छ। क्षतिको यकिन विवरण आउन बाँकी छ। 

बिहीबार नगरपालिकाको बैठक राखेर उच्च जोखिममा रहेकाहरूलाई सुरक्षित तरिकाले कहाँ राख्ने भन्ने विषयमा छलफल गर्ने नगर प्रमुख अर्यालले बताए। ‘मानवीय क्षति पु¥याएको हेलम्बु गाउँपालिकामा समेत कसरी सहयोग पु¥याउने सोचिरहेका छौं,’ उनले काठमाडौं प्रेससँग भने।

हेलम्बु गाउँपालिका जाने सडक पूर्ण रूपमा अवरुद्ध भएका कारण तत्काल केही सहयोग गर्न नपाएको उनले बताए। ‘छिटोभन्दा छिटो विद्युतीय आपूर्ति सहज बनाई हेलम्बु गाउँपालिकासँग सम्पर्कको पहल भइरहेको छ,’ उनले भने।

बुधबार र बिहीबार दिउँसो काभ्रेको सिपाघाटदेखि सिन्धुपाल्चोकको मेलम्ची बजारसम्म विभिन्न ठाउँमा खोला हेर्नेहरूको भिड लागेको थियो। घर पुरिएका र बगेकाहरू खतरा टरे/नटरेको अनुमान गर्न खोला हेर्न गएका हुन्थे भने रमित हेर्नेहरूको संख्या पनि उत्तिकै थियो।

बाढीपहिरोको प्रकोप फेरि पनि बढ्न सक्ने अवस्था रहँदारहँदै पनि अनावश्य भीड बढ्न थालेपछि प्रशासनले बाढी प्रभावित क्षेत्रमा नजान आग्रह पनि गरेको छ।

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्