Kathmandu Press

पार्टीको आधिकारिकता दाबी गर्ने तयारीमा जसपाको उपेन्द्र-बाबुराम समूह

जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूहले पार्टीको आधिकारिता दाबी गर्ने तयारी गरेको छ ।
पार्टीको आधिकारिकता दाबी गर्ने तयारीमा जसपाको उपेन्द्र-बाबुराम समूह

काठमाडौं- जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई समूहले पार्टीको आधिकारिता दाबी गर्ने तयारी गरेको छ ।

बिहीबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले त्यसका लागि सशरीर नागरिकतासहित निर्वाचन आयोगमा उपस्थित हुने निर्णय लिएको हो ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित बैठकले यस्तो निर्णय गरेको हो ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले पनि पाटीको आधिकारिकता दाबी गरेको छ । दुवै समूहले एकअर्कालाई कारवाही गरेको घोषणा गरेका छन् । तर, दुवैको कारवाहीलाई आयोगले मान्यता दिएको छैन ।
 

प्रकाशित मिति: १७:१८ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्