Kathmandu Press

बढीपहिरोपीडितलाई तत्काल राहत व्यवस्थापन गर्न नेपाल समूहको माग

बढीपहिरोपीडितलाई तत्काल राहत व्यवस्थापन गर्न नेपाल समूहको माग

काठमाडौं, असार ३ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बाढीपहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ।

आज (बिहीबार)  नेपाल समूहको स्थायी कमिटीका १४ सदस्यले विज्ञप्ति निकालेर केही दिनदेखिको अविरल वर्षका कारण आएको बाढीपहिरोपीडितबाट पीडित बनेकालाई सहयोग गर्न सरकारले कुनै पूर्वतयारी नगरेको आरोप पनि लगाएका छन्।

उनीहरूले उद्धार र राहतका कार्य थप प्रभावकारी बनाउन सरकारसँग माग गरेको हो। पीडितलाई वितरण गरिन राहत निष्पक्ष र पारदर्शी बनाउन  सरकारलाई आग्रह गर्दै उनीहरूले प्राकृतिक विपत्तिमा परेकाहरूलाई आफ्नो ठाउँबाट सहयोग देशवासी सबैमा अपिलसमेत गरेको छ। 

प्रकाशित मिति: १६:०० बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्