Kathmandu Press

अनितालाई पिङ पोङ डिप्लोमेसीको सम्मान

काठमाडौं, असार ३ : नेपाली टेबल टेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ। नेपालमा टेबलटेनिसको विकास र विस्तारमा...
अनितालाई पिङ पोङ डिप्लोमेसीको सम्मान

काठमाडौं, असार ३ : नेपाली टेबल टेनिस खेलाडी अनिता महर्जनलाई अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गतको पिङ पोङ डिप्लोमेसीले सम्मान गरेको छ। नेपालमा टेबलटेनिसको विकास र विस्तारमा सहयोग पुर्याएको भन्दै पिङ पोङलेले अनितालाई सम्मान गरेको हो।

सामाखुशीमा आफ्नै लगानीमा एनिस पिङ पोङ क्लब पनि स्थापना गरेकी अनिता टेबलटेनिसमार्फत महिला सशक्तिकरणमा भूमिका निर्वाह गरेवापत सम्मानित भएकी हुन्।

अनिता एरोबिक टेबलटेनिसकी ब्रान्ड एम्बासडर समेत हुन्। तीन वर्षका लागि एरोबिकको ब्रान्ड एम्बासडर बनेकी अनितालाई एरोविकले महर्जनलाई पार्टनर, प्रोमोटर र प्रशिक्षकको रुपमा समेत चयन गरेको छ ।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्