Kathmandu Press

राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको नगरसभा बैठक (फोटो फिचर)

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाको नगरसभा बैठक राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ। उक्त मेयर विद्यासुन्दर शाक्यले महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम...
राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको नगरसभा बैठक (फोटो फिचर)

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाको नगरसभा बैठक राष्ट्रिय सभागृहमा सम्पन्न भएको छ। उक्त मेयर विद्यासुन्दर शाक्यले महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे। उक्त नीति तथा कार्यक्रम परितगरिसिकिएको छ।

तर मेयर शाक्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम चित्त नबुझेको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेका छन्। बैठक बहिष्कार गर्नेमा उपमेयर हरिप्रभा खड्गीसहित १३ वटा वडाका वडाध्यक्षहरूले रहेका छन्। 

बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा आबद्ध जनप्रतिनिधिहरूको पनि उपस्थिति नरहेको जनाइएको छ।

महानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न आज (बिहीबार) ११ बजे नगरसभा बैठक बोलाएको थियो। बैठकमा एमाले ओली समूहका जनप्रतिनिधिहरूको मात्रै सहभागिता थियो। 

नीति तथा कार्यक्रम एकैचोटि नगर कार्यपालिकाको बैठकमा ल्याएर सुनाएको र सुधार गर्ने अवसरसमेत नदिएको आरोप मेयर शाक्यमाथि लगाइएको छ।

 

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्