Kathmandu Press

करिश्माले एसईईमा ल्याइन् बी प्लस, भन्छिन्–अब कमर्स पढ्छु

काठमाडौं, असार १२ : नायिक करिश्मा मानन्धरले एसईई परीक्षामा बी प्लस ल्याएकी छिन्। 

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेक....

करिश्माले एसईईमा ल्याइन् बी प्लस, भन्छिन्–अब कमर्स पढ्छु

काठमाडौं, असार १२ : नायिक करिश्मा मानन्धरले एसईई परीक्षामा बी प्लस ल्याएकी छिन्। 

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजा अनुसार नायिका मानन्धरले एसईईमा बी प्लस (३ जीपीए) ल्याएकी हुन्। नतिजा प्रकाशनपछि काठमाडौंप्रेससँग कुराकानी गर्दै नायिका मानन्धरले अब आफूले व्यवस्थापन विषय लिएर पढाइलाई निरन्तरता दिने बताइन्। 

‘बी प्लस ल्याएँ नतिजाबाट खुशी नै छु,’ उनले भनिन्,‘ अब व्यवस्थापन विषय लिएर पढ्छु।’ 

प्रकाशित मिति: १७:४२ बजे, बिहीबार, असार १२, २०७६