बाढीपहिरो प्रभावितको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन विपक्षी गठबन्धनको आग्रह
काठमाडौं, असार ३ : विपक्षी गठबन्धनअन्तर्गत रहेका शीर्ष नेताहरूले बाढीपहिरो र डुबानबाट प्रभावित भएका जनताको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग माग...
काठमाडौं, असार ३ : विपक्षी गठबन्धनअन्तर्गत रहेका पाँच दलका शीर्ष नेताहरूले बाढीपहिरो र डुबानबाट प्रभावित भएका जनताको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।
विपक्षी गठबन्धनले प्राकृतिक विपत्तिको सामना गर्न सरकारको कुनै पूर्वतयारी नहुनुलाई गैरजिम्मेवारीपनको संज्ञा दिएको छ।
सरकारकै गैरजिम्मेवारीपनका कारण महामारीबाट आक्रान्त बनेका जनताले फेरि बाढीपहिरोका कारण कष्टकर जीवन बिताउनुपरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै पीडित जनतालको उद्धार गरी उनीहरूलाई तत्काल आवास, खाद्यान्नलगायतको प्रभावकारी बनाउन व्यवस्थापन गर्न र मृतकका परिवारलाई सहयोग, घाइतेहरूको उपचारको व्यवस्था गर्न माग गरेका हुन्।
उनीहरूले बाढीपहिरो प्रभावितको राहत व्यवस्थपन तथा उद्धर कार्यमा जुट्न पार्टीका कार्यकर्ता र सम्बद्ध विभिन्न संघसंस्थाहरुलाई समेत आह्वानसमेत गरेका छन्।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘इमानदनरी, तदारुकता र पारदर्शी रूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापन कार्य अघि बढाउन आग्रह गर्दछौं ।’












