सेनाको हेलिकप्टरबाट मनाङ बाढीपहिरोमा फसेका ३५ जनाको उद्धार
पोखरा, असार ३ : मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। मौसम खराबीका कारण हेलिलिकप्टर जान उनीहरू उनीहरूको उद्धार हुन सकेको...
पोखरा, असार ३ : मनाङमा बाढीपहिरोमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। मौसम खराबीका कारण हेलिलिकप्टर जान उनीहरू उनीहरूको उद्धार हुन सकेको थिएन।
आज (बिहीबार) मौसममा केह िसुधार आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङको सिरानतालका फसेका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको जनाइएको छ।
सिरानतालबाट उद्धार गरिएकालाई तालडाँडामा र थोंचे गुम्बाका लाई सदरमुकाम चामे लगेर राखिएको छ।
बाढीपहिरो प्रभावित नागरिकलाई राख्न त्रिपाललगायत सामग्रीसमेत प्रदान गरिएको बताइएको छ।
बाढीपहिरोको प्रकोपबाट भएको क्षतिको अवलोकन गर्न तथा त्यसबाट प्रभावित भएकाहरूको अवस्था बुझ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि मनाङ गएका छन्।
आज (बिहीबार) बिहान प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक राखी उनले प्रदेशस्तरीय विपद् कोषमा ५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन्।











