Kathmandu Press

बाढी प्रभावित मेलम्ची र हेलम्बुलाई काठमाडौं महानगरले २ करोड सहयोग गर्ने

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकका बाढीप्रभावित क्षेत्रका लागि २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।मेयर शाक्यले आज (बिहीबार)...
बाढी प्रभावित मेलम्ची र हेलम्बुलाई काठमाडौं महानगरले २ करोड सहयोग गर्ने

काठमाडौं, असार ३ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकका बाढीप्रभावितका लागि २ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

मेयर शाक्यले आज (बिहीबार) आगामी आर्थिक वर्षका लागि महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा सिन्धुपाल्चोकका मेलम्ची र हेलम्बुका बाढी प्रभावित राहत तथा उद्धारका लागि सो परिणामको रकम सहयोगका रूपमा प्रदान गर्ने घोषणा गरेका हुन्।

सोही क्रममा उनले हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको तर यतिखेर त्यो क्षेत्र बाढीपहिरोका कारण तहसनहस भएकाले महानगरले महानगरले आफ्नो दायित्व सम्झेर यस किसिमको सहयोग गर्न लागेको बताए।

अविरल वर्षाका कारण मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका बस्तीहरू डुबानमा पर्दा कैयौं मानिस विस्थापित भएका छन्। बाढीले सडक, पुललगायत पूर्वाधारमा पनि क्षति पुर्‍याएको छ।

मेलम्ची नगरपालिका र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गरिएको छ।

मेलम्चीबजारनजिक इन्द्रावती नदी किनारमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्षसहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका यसअघि पनि काठमाडौं महानगरले १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता गरिसकेको छ। 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, असार ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्