Kathmandu Press

एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, असार १२ : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको परीक्षा नियन्त....

एसईई परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं, असार १२ : राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालयले बिहीबार दिउँसो नतिजा सार्वजनिक गरेको हो। 

यस वर्षको परीक्षामा १७ हजार ५ सय ८० जना विद्यार्थीले ३.६ देखि ४ जीपीए ल्याएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ३.२ देखि ३.६ जीपीए ५१ हजार १ सय ३७ जना र  २.८ देखि ३.२ जीपीएसम्म ६३ हजार ७ सय ४१ जना विद्यार्थीले ल्याएक छन्।

यस्तै, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना, १.६ देखि २ जीपीए ९५ हजार ३ सय ७ जना र १.२ जीपीएदेखि १.६ जीपीए ४३ हजार ८ सय ४१ जना विद्यार्थीले प्राप्त गरेको अधिकारीले बताए। 

परीक्षा नियन्त्रक अधिकारीले परीक्षाफलमा चित्त नबुझे पुनर्याेग गर्नुपरेमा प्रतिविषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने जानकारी दिए।  यो वर्ष एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए। 

एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । 

कसरी हेर्ने नतिजा? 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्डको  www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर www.see.gov.np र नेपाल टेलिकम www.see.ntc.net.np मा गएर नतिजा हेर्न सकिन्छ।

यस्तै,  एसइईको नतिजा मोबाइलबाट पनि थाहा पाउन सकिने छ। नेपाल टेलिकमले १६०० मा डायल गरेर परीक्षाफल थाहा पाउन सकिने जनाएको छ। टेलिकमका अनुसार, मोबाइल, ल्यान्डलाइन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गरेर नजिता थाहा पाउन सकिनेछ।

त्यस्तै, सिम्बोल नम्बर टाइप गरेर १६०० मा मेसेज गरेर पनि  परीक्षाको नतिजा थाहा पाउन सकिने छ।

 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, असार १२, २०७६