Kathmandu Press

मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत 

काठमाडौं, असार २ : विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ स्वीकृत गरेको छ ।गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन...
मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना स्वीकृत 

काठमाडौं, असार २ : विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ स्वीकृत गरेको छ ।

गृह मन्त्रालयमा बसेको विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना पारित गरेको हो । बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७८ का साथै विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन तथा परिचालन कार्यविधि २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७८, गैर–सरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि २०७८ र आगलागी तथा डढेलोबाट क्षति भएका निजी आवास पुनर्निर्माणसम्बन्धी कार्यविधि २०७८ लाई स्वीकृत गरेको हो ।

बैठकमा गृह मन्त्री अधिकारीले अहिले बाढी पहिरोको जोखिम बढिरहेकाले तत्काल राहत तथा उद्धारमा खटिन मातहतका निकायलाई निर्देशन दिएका थिए । सिन्धुपाल्चोक सहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरेर तत्काल उद्धार तथा राहतमा तथा उपचारमा जुट्न सुरक्षा निकायलाइ निर्देशन दिइएको छ।

बैठकमा सुरक्षा निकायले बाढीरपहिरो, डुबानको पछिल्लो अवस्थाकाबारेमा विपद् व्यवस्थापन कार्यकारी समितिलाई ब्रिफिङ पनि गरेको थियो । 

प्रकाशित मिति: २०:४२ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्