Kathmandu Press

डब्ल्यूएचओको आग्रह : नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गरौं 

काठमाडौं, असार २ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह...
डब्ल्यूएचओको आग्रह : नेपाललाई एस्ट्राजेनेकाको १४ लाख डोज खोप सहयोग गरौं 

काठमाडौं, असार २ : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध एस्ट्राजेनेकाले बनाएको १४ लाख डोज खोप नेपाललाई सहयोग गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका नेपाल प्रतिनिधि डा. राजेश पाडवले नेपाललाई खोप सहयोग गर्न अन्तर्राष्ट्रिय आग्रह गरेका हुन् । अहिलेको आवश्यकता अनुसार दोस्रो डोज लिन बाँकी रहेका ६५ वर्षभन्दा माथिका १४ लाख मानिसलाई खोप पुर्‍याउनु भएकाले सहयोग गर्न अपिल आग्रह गरेका हुन् ।

भारतको सेरम इन्ष्टिच्युटसँग खरिद गरेको कोरोना खोप (कोभिशिल्ड) खोप नआएपछि नेपालमा पहिलो डोज खोप लगाइसकेका १४ लाख मानिसहरुले दोस्रो डोज खोपलगाउन पाएका छैनन् । 
 

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्