Kathmandu Press

बाढी पहिरो जोखिम बढेपछि पश्चिम नवलपरासीका सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं, असार २ : अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरु डुबानमा पर्ने र बाढी पहिरोको समेत जोखिम बढेपछि पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई...
बाढी पहिरो जोखिम बढेपछि पश्चिम नवलपरासीका सुरक्षा निकाय हाई अलर्टमा

काठमाडौं, असार २ : अविरल वर्षाका कारण जिल्लाका विभिन्न भूभागहरु डुबानमा पर्ने र बाढी पहिरोको समेत जोखिम बढेपछि पश्चिम नवलपरासीमा चारवटै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले उद्धार तथा राहातका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा  राखिएको हो ।

सम्भावित विपदको अवस्थामा सहज रूपमा सुचना संकलन गर्नका लागि प्रमुख जिल्ला अधिकारी मिश्रको संयोजकत्वमा चारवटै सुरक्षा निकायका प्रमुखहरु सदस्य रहनेगरी संयुक्त सुचना संकलन केन्द्र गठन गरिएको छ।

नारायणीमा निरन्तर पानीको बहाव बढिरहेकोले सुस्ता गाउँ डुवान हुने जोखिम रहेको र उद्धारका लागि सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको छ।

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्