विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्ने सरकारसमक्ष एमालेको माग
काठमाडौं, असार २ : सत्तारुढ दल नेकपा एमालेले मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका...
काठमाडौं, असार २ : सत्तारुढ दल नेकपा एमालेले मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन दिएको छ ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज एक विज्ञप्ति जारी गर्दै आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न माग गरेका हुन् ।
‘नेकपा एमाले तत्काल उद्धार र राहतका काम प्रभावकारी ढङ्गले अगाडि बढाउन, मृतकका परिवारहरुका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरुको खोजी गर्न र बाढीले बेघरबार बनाएका परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछ,’ ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १८:१८ बजे, बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











