Kathmandu Press

असार २५ सम्ममा कर तिरिसक्न आन्तरिक राजस्वको आग्रह

काठमाडौं, असार २ : सरकारले असार २५ गतेसम्म कर तिर्न समया तोकिदिएको छ।सर्वोच्च अदालतले सरकारले कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको भोलिपल्टै...
असार २५ सम्ममा कर तिरिसक्न आन्तरिक राजस्वको आग्रह

काठमाडौं, असार २ : सरकारले असार २५ गतेसम्म कर तिर्न समया तोकिदिएको छ।

सर्वोच्च अदालतले सरकारले कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको भोलिपल्टै आन्तरिक राजस्व विभागले आज (बुधबार) एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद तोकेको हो।

सर्वोच्चले मंगलबार आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सरकारलाई आदेश दिएको थियो। 

विभागले २०७७ चैत र २०७८ वैशाखको मासिक तथा चैत र २०७८ वैशाखको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्न ।

२०७७ चैत र २०७८ वैशाखको बुझाउनुपर्ने अग्रिम कर कट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने विभागको सूचनामा उललेख छ।।

२०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यसअनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असारका लmागि नै तोकिएको छ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागद्वारा जार िसूचनामा उल्लेख छ।

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्