जसपा अध्यक्ष ठाकुरले गरे कार्यकारिणी समिति हेरफेर
काठमाडौं, असार २ : जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेका छन्। अध्यक्ष ठाकुरले आफ्ना पक्षका नेताहरू राखेर कार्यकारिणी समिति हेरफेर...
काठमाडौं, असार २ : जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेका छन्। अध्यक्ष ठाकुरले आफ्ना पक्षका नेताहरू राखेर कार्यकारिणी समिति हेरफेर गरेका हुन् ।
अध्यक्ष ठाकुरले आफू पक्षीय १६ जना कार्यकारिणी सदस्यहरू राखेर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका १६ जनालाई हटाएका छन्।
ठाकुरले अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादव लगायतलाई कार्यकारिणी समितिबाट हटाएको बताइएको छ ।
उनले आफू पक्षीय खेलकुद मन्त्री एकबाल मियाँ, पर्यटन मन्त्री उमाशंकर अरगरीया, श्रममन्त्री विमल श्रीवास्तव, सन्तोष मेहता, सुरेन्द्र झा लगायतलाई कार्यकारिणीमा राखेका छन् ।
ठाकुरले कार्यकारिणी समिति हेरफेर गरेको सूचना आयोगमा पठाउने तयारी गरेका छन्।
प्रकाशित मिति: १७:०० बजे, बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











