Kathmandu Press

विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौं, असार २ : प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज (बुधबार) दिउँसो ४ बजे बैठक बस्दैछ...
विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै

काठमाडौं, असार २ : प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को आज (बुधबार) दिउँसो ४ बजे बैठक बस्दैछ ।

दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढी आउने तथा पहिरो जाने क्रम बढेपछि हालको स्थिति र क्षतिको समीक्षा गर्दै प्रतिकार्य गर्ने विषयमा निर्णय लिन परिषद्को बैठक बस्न लागेको जनाइएको छ।

प्रधानमन्त्रीको नेर्तत्वमा हुने उक्त परिषदमा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलगायत सदस्यका रूपमा रहेका हुन्छन्।

आज (बुधबार) बिहान गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेर विपद व्यवस्थापनका लागि सबै मन्त्रालय परिचालित हुने निर्णय पनि भइसकेको छ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्