Kathmandu Press

कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने, यसरी हेर्न सकिन्छ

काठमाडौं असार १२ : कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने भएको छ। यसका लागि सबै तयारी पूरा भएको ईपीएस शाखाले जनाएको छ।

रोजगारीका लागि कोरिया ....

कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने, यसरी हेर्न सकिन्छ
फाइल फोटो

काठमाडौं असार १२ : कोरियन भाषा परीक्षाको नतिजा भोलि आउने भएको छ। यसका लागि सबै तयारी पूरा भएको ईपीएस शाखाले जनाएको छ।

रोजगारीका लागि कोरिया जाने नेपालीका लागि गत जेठ २५ र २६ गते कोरियन भाषा परीक्षा भएको थियो। ईपीएस शाखाका अनुसार, त्यसको नतिजा तयार गरिएको छ।यस वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार दुई सय ५६ जनाले आवेदन दिएका थिए। जसमध्ये ८४ हजार दुई सय १५ जनाले मात्र परीक्षा दिएका छन्।

त्यसमा अर्कोको नाममा परीक्षा दिने र चिटिङ गर्ने एक सय ५६ जनालाई कारवाही गरिएको ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए।

१० हजार ५० पास हुने अनुमान

यस वर्षको कोरियन भाषा परीक्षामा १० हजार पास हुने अनुमान ईपीएस शाखाले गरेको छ। ‘परीक्षामा सबै पास हुन्छन् भन्ने हुदैन, दिएको परीक्षा हेर्दा १० हजार परीक्षार्थी पास हुने अनुमान गरेका छौं,’ भण्डारीले काठमाडौं प्रेससँग भने, ‘त्योभन्दा कम नै हुन्छन्, बढी हुँदैन।’

सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ परीक्षार्थीमध्ये सात हजार ९ सय ९६ उत्तीर्ण भएका थिए।

यसरी हेर्न सकिन्छ नतिजा

असार १३ गते आउने कोरियन भाषाको नतिजाका www.epsnepal.gov.np र वैदेशिक रोजगार विभागको बेवसाइट www.dofe.gov.np मा हेर्न सकिनेछ।

 

 

प्रकाशित मिति: १४:२४ बजे, बिहीबार, असार १२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्