Kathmandu Press

मेलम्चीको क्षति लेखाजोखाबाहिर, सहयोगका लागि सबैसँग आग्रह गर्छु : सभामुख

मेलम्ची, असार २ : सभामुख अग्निप्रसाद सापकोटाले बाढी प्रभावित मेलम्चीको स्थिति लेखाजोखा नै गर्न नसकिने खालको रहेको बताएका छन्। उनी आज (बुधबार) बाढी...
मेलम्चीको क्षति लेखाजोखाबाहिर, सहयोगका लागि सबैसँग आग्रह गर्छु : सभामुख

मेलम्ची, असार २ : सभामुख अग्निप्रसाद सापकोटाले बाढी प्रभावित मेलम्चीको स्थिति लेखाजोखा नै गर्न नसकिने खालको रहेको बताएका छन्। उनी आज (बुधबार) बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न मेलम्ची आएका हुन्। 

उनले हेलम्बु, मेलम्चीलगायत सबै ठाउँमा भएको क्षतिका पीडितलाई सहयोग पुर्‍याउने सम्बन्धमा मानवीय सहयोगका लागि सम्बन्धित सबै निकायलाई आग्रह गरे।

सबैबाट तुरुन्त सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले आफू काठमाडौं फर्केर बाढी र यस विषयमा प्रधानमन्त्री केपी ओलीलगायतसँग पनि भेटेर कुरा गर्ने बताए। 

मेलम्ची नगर प्रमुख डम्बर अर्यालले मेलम्ची बजार डुब्दै जान थालेपछि आफूहरु त्रसित बनेको बताउँदै बाढीप्रभावितलाई तत्काल राहत व्यवस्थापन र पुनःस्थापना गर्न सभामुख सापकोटा समक्ष आग्रह गरेका छन्।

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा ठूलो वितण्डा मच्चाएको छ। मेलम्ची बजार जगमग्न हुँदा धेरै परिवार विस्थापित भएका छन्। 

प्रकाशित मिति: १३:४३ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्