विपत् व्यवस्थापनका लागि सबै मन्त्रालयलाई परिचालन गरिने
काठमाडौं, असार २ : सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने भएको छ। गृहमन्त्री नैनकला थापा...
काठमाडौं, असार २ : सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयलाई परिचालन गर्ने भएको छ।
गृहमन्त्री खगराज अधिकारी नेतृत्वको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले त्यस्तो निर्णय गरेको हो। केही दिनयताको अविरल वर्षाका कारण देशका विभिन्न भूभागमा बाढीपहिरोले वितण्डा मच्चाउँदा जनजीवन प्रभावित बन्न थालेपछि बुधबार बिहान सिंहदरबारमा सो समितिको बैठक बसेको थियो।
बैठकले सय दिन मनसुन अवधिमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सबै मन्त्रालयले गर्नुपर्ने कामबारे विस्तृतमा उल्लेख गरिएको कार्ययोजना पारित गरेको जनाइएको छ।
उक्त कार्ययोजना सबै मन्त्रालय, राष्ट्रिय तथा अन्र्राष्ट्रिय गैसरकारी संस्था, विभन्न दातृ संस्थालगायतको संयुक्त प्रयासमा तीन महिनामा पारिएको हो।
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाबारे समीक्षा गरिएको थियो। बाढी प्रभावित क्षेत्रमा खाद्यसामग्री, टेन्टलगायत अन्य आवश्यक व्यवस्था तुरुन्त गर्ने र जोखिममा परेकालाई तत्काल उद्धार गर्ने निर्णय गरिएको बताइएको छ।
यसैगरी नुवाकोटको दुप्चेश्वरमा ठूलो ढुंगा भिरमा अड्किएको र बस्तीमा खसेर क्षति पुर्याउन सक्ने भएकाले त्यसलाई व्यवस्थापन गर्ने निर्णय पनिभएको छ।











