Kathmandu Press

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ मा विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पोखरेलले असार ४ मा विश्वासको मत लिने

काठमाडौं, असार २ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्सि शुक्रबार (असार ४ गते) विश्वासको मत लिने तयारी गरेका छन्। 

उक्त प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेल जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

उक्त धारा-उपधाराअनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। पोखरेलका लागि विश्वासको मत लिन झन्डै चार साता समय उपलब्ध रहे पनि असार ४ गते नै विश्वासको मत लिने तयारी गरिएको जनाइएको छ।

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्