विपद्को बेला राहत र उद्धार कार्यमा जुट्न प्रचण्डको आग्रह
काठमाडौं, असार २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्। बुधबार एक विज्ञप्ति जारी...
काठमाडौं, असार २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को बेला राहत र उद्धार कार्यमा जुट्न आग्रह गरेका छन्।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले देशका विभिन्न ठाउँमा बाढी र पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो बताएका हुन्।
हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालीन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले तत्काल उद्वार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह पनि गरेका छन्।
प्रचण्डले उक्त विज्ञप्ति मार्फत भनेका छन्, ‘मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।’
यस्तो विपद्को बेला राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई प्रचण्डले निर्देशन समेत दिएका छन्।











