मेलम्ची बजारमा फसेकालाई सेनाको हेलिकप्टरले गर्यो उद्धार
काठमाडौं, असार २ : मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई बुधबार बिहान नेपाली सेनाले उद्धार गरेको छ। मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई...
काठमाडौं, असार २ : मेलम्चीको बाढीमा फसेर होटलको छतमा पुगेका दुई जनालाई बुधबार बिहान नेपाली सेनाले उद्धार गरेको छ।
मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई सेनाले हेलिकप्टरमार्फत् उद्धार गरेकाे हो।
उनीहरू मंगलबार आएको बाढीपछि उक्त होटलमै फसेका थिए। बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएको थियो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बाढीमा फसेकाहरूको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको बताए।
प्रकाशित मिति: १०:०५ बजे, बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











