Kathmandu Press

एसइईकाे नतिजा थाहा पाउन १६०० मा डायल वा मेसेज

काठमाडौं, असार १२ : आज सार्वजनिक हुन लागेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई मोबाइलबाट पनि हेर्न सकिनेछ। नेपाल टेलिकमले १६०० मा डायल गरेर हेर्न सकि....

एसइईकाे नतिजा थाहा पाउन १६०० मा डायल वा मेसेज

काठमाडौं, असार १२ : आज सार्वजनिक हुन लागेको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई मोबाइलबाट पनि हेर्न सकिनेछ। नेपाल टेलिकमले १६०० मा डायल गरेर हेर्न सकिने व्यवस्था गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि १६०० डायल गरेर थाहा पाउन सकिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार, मोबाइल, ल्यान्डलाइन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गरेर नजिता थाहा पाउन सकिनेछ।

त्यस्तै, मेसेज पठाएर पनि एसइईको नजिता थाहा पाउन सकिने छ। यसका लागि सिम्बोल नम्बर टाइप गरेर १६०० मा मेसेज गर्न सकिनेछ। नेपाल टेलिकमले सन्देश पठाउने वित्तिकै पास वा फेल भएको जानकारी दिनेछ।

त्यस्तै, टेलिकमकै वेबसाइट www.see.ntc.net.np मा पनि हेर्न सकिनेछ। त्यसमा मार्कसिट पनि हेर्न सकिने टेलिकमले जनाएको छ।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, असार १२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्