Kathmandu Press

सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु

बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ। क्षतिको थप विवरण आउन बाँकी छ।
सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु
तस्वीरहरू : काठमाडौं प्रेस

सिन्धुपाल्चोक, असार २ : बाढी र पहिरोमा परी सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ। 

मंगलबार साँझ आएको बाढी र पहिरोमा सात जनाको मृत्यु भएको विवरण आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेलले बताए। क्षतिको थप विवरण आउन बाँकी रहेको उनको भनाइ छ। 

मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको थियो। बाढीले मेलम्ची र हेलम्बु बजारमा क्षति पुगेको छ। मेलम्चीमा चार वटा र हेलम्बुमा तीनवटा पुल बगाएको छ। 

त्यस्तै, ठाउँ ठाउँमा पहिरो गएको छ। जसले गर्दा सडक पनि अवरुद्ध भएको छ। बाढीसँगै आएको लेदोले कयौं घरमा पनि क्षति पुगेको छ। 

बाढी पीडितको उचारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको छ। उद्धारका लागि नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर प्रयोग गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। 

प्रकाशित मिति: ०८:४९ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्