युरो कपमा पोर्चुगलको सानदार जित
काठमाडौं, असार २ : १६औं संस्करणको युरो कपमा पोर्चुगलले सानदार जित निकालेको छ। मंगलबार राति बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा रोनाल्डोको २ गोल मद्दतमा पोर्चुगलले...
काठमाडौं, असार २ : १६औं संस्करणको युरो कपमा पोर्चुगलले सानदार जित निकालेको छ।
मंगलबार राति बुडापेस्टस्थित पुस्कास एरिनामा भएको खेलमा रोनाल्डोको २ गोल मद्दतमा पोर्चुगलले घरेलु टोली हंगेरीलाई ३–० ले हराउँदै सानदार सुरुआत गरेकोहो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको अन्त्यतिरको ८ मिनेटमा ३ गोल गर्दै पोर्चुगलले जित सुनिश्चित गरेको थियो।
८४औं मिनेटमा राफाइल गुइरेरोले गोल गर्दै सुरुआती अग्रता दिलाए। डिक्बसभित्रबाट उनले प्रहार गरेको बल हंगेरीका डिफेन्डरमा डिफ्लेक्ट हुँदै गोल भएको थियो।
यस्तै, ८७औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए। राफा सिल्भालाई हंगेरीका डिफेन्डरले डिबक्समा लगाएपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका थिए। यो गोलसँगै युरोकपमा रोनाल्डै सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका थिए।
पोर्चुगलले तेस्रो गोल इन्जुरी समयको दोस्रो मिनेटमा गरेको थियो। यो गोलमा रोनाल्डो र राफा सिल्भाबीचको कम्भिनेसन उत्कृष्ट थियो। रोनाल्डोले राफा सिल्भासँग ३ वान टु वान पास खेल्दै हंगेरीका किपरलाई विट गर्दै गोल गरेका थिए।
लागतार ५ युरोकप खेलिरहेका रोनाल्डो ११ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।











