Kathmandu Press

राष्ट्रियसभा मार्फत डा.केसीको माग पूरा गर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं, माघ १३ : नागरिक अगुवाहरुले राष्ट्रिय चिकित्सा विधेयकलाई राष्ट्रिय सभाबाट शंसोधन गरेर अनशनरत डा.गोविन्द केसीको माग सम्वोधन गर्न सरकारलाई आग्र....

राष्ट्रियसभा मार्फत डा.केसीको माग पूरा गर्न नागरिक अगुवाहरुको अपिल

काठमाडौं, माघ १३ : नागरिक अगुवाहरुले राष्ट्रिय चिकित्सा विधेयकलाई राष्ट्रिय सभाबाट शंसोधन गरेर अनशनरत डा.गोविन्द केसीको माग सम्वोधन गर्न सरकारलाई आग्रह गरेका छन् । 

आईतबार नागरिक अगुवाहरुले सयुक्त विज्ञप्ति जारी गर्दै डा.केसीसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाले पास गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले सरकारले गरेका सम्झौता पालना नगर्दा राज्यको विश्वासनीयतामाथिनै प्रश्न उठ्ने भन्दै विधेयक राष्ट्रियसभा मार्फता सच्चाउन आग्रह गरेका छन् । 

 ‘गरेका सम्झौता कार्यन्वयन नगर्दा राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको छ’ जारी सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अबको राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेश हुँदा डा केसीसँग राज्यले गरेको उल्लिखित सम्झौताबमोजिम सुधार गरेर पारित गर्ने व्यवस्था गरियोस् भनी सम्बन्धित सबै पक्षहरुलाई अपिल गर्दर्छौं ।’

उनीहरुले सरकारले गरेका सम्झौता पालना नगर्दा राज्यको विश्वासनीयतामाथिनै प्रश्न उठ्ने भन्दै विधेयक राष्ट्रियसभा मार्फता सच्चाउन आग्रह गरेका छन् । 

विज्ञप्तिमा केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेल, स्वर्णिम वाग्ले, क्या. विजय लामा, कृष्ण धरावासी, जयराज आचार्य, दुर्गा सुवेदी, कपिल श्रेष्ठ, मन प्रसाद वाग्ले, भैरव रिसाल, डा रामेश कोइराला, वीरेन्द्र कुमार मिश्र, रवीन्द्र सिंह वानियाँ, यादव खरेल, गोविन्द राज पोखरेल, प्रत्युष वन्त, शेखर खरेल, राम कुमार भण्डारी, फडिन्द्र लुईटेल, दिनेश प्रसाइँ, सावित्री श्रेष्ठ, गीता रसाइली, देवी सुनुवार, गोपाल साह लगायतले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: १६:५५ बजे, आइतबार, माघ १३, २०७५