Kathmandu Press

एमिकस क्युरीमा नेपाल बारले पठायो वैद्य र मल्लको नाम

नेपाल बार एसोसिएनले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा अदालतका सहयोगी (एमिकस क्युरी)मा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकको नाम पठाउने निर्णय गरेको छ।
एमिकस क्युरीमा नेपाल बारले पठायो वैद्य र मल्लको नाम

काठमाडौं, असार १ : नेपाल बार एसोसिएनले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा अदालतका सहयोगी (एमिकस क्युरी)मा वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठकको नाम पठाउने निर्णय गरेको छ।

नेपाल बारको मंगलबारको बैठकले एमिकस क्युरीमा वैद्य र पाठकको नाम सिफारिस गरेको हो।

यसअघि सर्वोच्च अदालत बार एसोसिएसनले वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम एमिकस क्युरीका लागि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरू सर्वोच्च अदालतमा विचाराधीन छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका एक सय ४६ सांसदसहित प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा मुद्दा परेका छन् । तीमध्ये चारवटामा प्रधानमन्त्री ओलीकै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिएको छ । अन्य २६ वटा रिटमा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने माग छ ।

९ असारदेखि ती रिटमाथि निरन्तर सुनुवाइ तोकिएको छ । त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारबाट २-२ जना एमिकस क्युरी माग गरेको थियो ।
 

प्रकाशित मिति: १८:४५ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्