सरकारको कामको समीक्षा गर्नुपर्छ : भीम रावल
अत्तरिया, असार १२ : नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सरकारका काम कारवाहीको समीक्षा गर्नु पर्ने बताएका छन्।
आज नेकपा सुदूरपश्चि....

अत्तरिया, असार १२ : नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सरकारका काम कारवाहीको समीक्षा गर्नु पर्ने बताएका छन्।
आज नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीले सरकारका मन्त्रालयको काम कारवाहीको समीक्षा गर्नुपर्ने बताए। सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउदै रावलले भने, ‘अब सरकारका कामको समीक्षा गर्नुपर्छ।’
पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरिएमा सरकारका मन्त्रिमण्डल फेरबदल गर्ने÷नगर्ने बारेमा भन्न सकिने उनको भनाइ थियो।
सरकार फेरबदलका विषयमा अनविज्ञता जनाउँदै आवश्यकताका आधारमा पार्टीले त्यस विषयमा गहन छलफल गर्नुपर्ने बताए।











