Kathmandu Press

गण्डकी प्रदेश सरकारद्धारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक 

काठमाडौं, असार १ : गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।१३...
गण्डकी प्रदेश सरकारद्धारा ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक 

काठमाडौं, असार १ : गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०७८/७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।

१३ अर्ब ६ करोड ४७ लाख चालू तर्फ र १६ अर्ब ७३ करोड ४६ लाख पुँजीगत तथा २४ करोड वित्तिय व्यवस्थापन तर्फ बजेट विनियोजन गरेको हो । पूरा बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्ब ४२ करोड पाएको छ ।

शसर्त अनुदान ४ अर्ब १८ करोड, समपुरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्ब ६२ करोड र रोयल्टीबाट ३० करोड पाउने अनुमान छ । प्रदेशले ४ अर्ब ९७ करोड आन्तरिक आम्दानीबाट व्यहोर्ने छ । यो वर्ष खर्च नहुने २ अर्ब १० करोड पनि बजेटमा समावेश गरिएको छ ।

अपुग २ अर्ब मध्ये आन्तरिक ऋण १ अर्ब र नेपाल सरकारबाट १ अर्ब ऋणबाट पुर्ति गरिने अर्थमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । कोभिड १९ र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै प्रदेश सरकारले बजेट पेश गरेको हो । कोरोना उपचारलाई उत्कृष्ट बनाउने, अस्पतालहरूको स्तरोन्नति गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई सम्बोधन गर्ने विषयलाई बजेटमा समेटिएको छ ।

यस्तै महिलाको स्तन, पाठेघरको क्यान्सर र आङ खस्ने समस्याको निःशुल्क उपचार गराउने, बेवारिसे बालबालिकाको संरक्षण र जेष्ठ नागरिकलाई पनि संबोधन गरेको छ । पर्यटन, पूर्वाधार, कृषि, खेलकुदलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्