मंगलबार २७४५ संक्रमित थपिँदा ४१८७ जना संक्रमणमुक्त, ४१ को मृत्यु
देशभर कुल १३ हजार २९० जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको हाे ।
काठमाडौं, असार १ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ।
देशभर कुल १३ हजार २९० जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ७४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ हजार १८७ रहेको छ।
प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











