चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो मेडिकल कलेजमा सिट
काठमाडौं, असार १ : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजमा सिट निर्धारण गरेको छ।आयोगको कार्यकारी समितिले शैक्षिक शत्र...
काठमाडौं, असार १ : चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक शत्रका लागि देशका विभिन्न मेडिकल कलेजमा सिट निर्धारण गरेको छ।
आयोगको कार्यकारी समितिले शैक्षिक शत्र २०७७÷७८ का लागि एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो।
आयोगले एमबिबिएस तर्फ देशभर १ हजार ८ सय ३५, बिएससी नर्सिङमा १ हजार १ सय, बिएसएमएलटीमा ४ सय २५, बिएससी एमआइटीमा ७१, बिएससी मेडिकल माइक्रोबायोलोजीमा २०, बिएससी बायोमेट्रिमा २० र बिपिटीमा १ सय ५० सिट तोकेको छ।
कुन शैक्षिक संस्थामा कति सिट ?
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, असार १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











