Kathmandu Press

पुनर्बहाली भएका चार सांसद कर्णाली प्रदेश संसदीय दलको बैठकमा अनुपस्थित

सुर्खेत, असार १ : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला,...
पुनर्बहाली भएका चार सांसद कर्णाली प्रदेश संसदीय दलको बैठकमा अनुपस्थित

सुर्खेत, असार १ : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका बैठकमा पुनःबहाली भएका प्रदेशसभाका चार सदस्य अनुपस्थित भएका छन् । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा छन् । 

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने  कार्यसूची छ।  

आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उनीहरुलाई पत्राचार गरिएको बताइएको छ। संसदीय दलका  बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरे पनि चारै सदस्य अनुपस्थित भएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए। 
 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्