एसइईको नतिजा आज सार्वजनिक हुँदै
काठमाडौं, असार १२ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा आज प्रकाशन हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज नजिता प्रक....

काठमाडौं, असार १२ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा आज प्रकाशन हुने भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले आज नजिता प्रकाशन गर्ने तयारी गरेको छ। यस वर्षको एसइई गत चैत १० देखि १८ गतेसम्म चलेको थियो।
नजिता सार्वजनिक गर्नका लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
त्यसका लागि निर्णय गर्न आज दिउसो १ बजे बोर्ड बैठक बोलाएको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशन गर्ने तयारी भएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए।
यो वर्ष एसइईमा चार लाख ७५ हजार परीक्षार्थी सहभागि थिए।
एसइईको ततिजा हेर्न राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मा हेर्न सकिनेछ। त्यस्तै, १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।











