Kathmandu Press

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो 

काठमाडौं, असार १ : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ। डेढ महिनादेखि लागू भएको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका...
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो 

काठमाडौं, असार १ : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पारिएको छ। 

डेढ महिनादेखि लागू भएको निषेधाज्ञा असार ७ गतेसम्म थपिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थपिएको अवधिमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका थिए। त्यहिअनुसार आजदेखि निषेधाज्ञा खुकुलो पारिएको हो। 

अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइनेछ। आज बिहानैदेखि तोकिएका पसलहरू खुलेका छन्। 

त्यस्तै, विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपराह्न ४ बजेदेखि खोल्न दिइने भएको छ। सामान ढुवानी गर्दा राति गर्नुपर्नेछ। 

यससँगै अनलाइन व्यवसायमार्फत होम डेलिभरी गर्न सकिनेछ। होटलमा ‘टेक अवे’ सेवालाई सञ्चालन गर्न सकिनेछ। 

विकास निर्माणका काम पनि सुचारु हुनेछन्। त्यसका लागि स्वास्थ्य मापदण्ड अनिवार्य गरिएको छ। 

त्यस्तै, वर्कसपहरू बिहानदेखि खुलेका छन्। साँझसम्म खोल्न दिने व्यवसथ गरिएको छ। 

सहकारी संस्था र रेमिट पनि खोल्न पाइने भएको छ। त्यसका लागि हप्तामा दुई दिन आइतबार र बिहीबार तोकिएको छ। 
 

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्