Kathmandu Press

आज पनि देशभर वर्षा हुने विभागको प्रक्षेपण

काठमाडौं, असार १ : मनसुनी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ। जसले गर्दा देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली...
आज पनि देशभर वर्षा हुने विभागको प्रक्षेपण

काठमाडौं, असार १ : मनसुनी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ। जसले गर्दा देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित वर्षा भइरहेको छ।

आज दिनभर नै देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही  स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना महाशाखाको आकलन छ। 

आज राति पनि देशका बिभिन्न स्थानमा वर्षा हुने मशाखाले जनाएको छ। देशभर सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित मिति: ०७:३८ बजे, मंगलबार, असार १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्