Kathmandu Press

वैद्यमाथि मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध

काठमाडौं, जेठ ३१ : संसदमा दिएको अभिव्यक्तिका कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस वाग्मती प्रदेशले विरोध...
वैद्यमाथि मुद्दा चलाउन खोजिएकोमा कांग्रेसको विरोध

काठमाडौं, जेठ ३१ : संसदमा दिएको अभिव्यक्तिका कारण वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेस वाग्मती प्रदेशले विरोध जनाएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता ईन्द्र बानियाँले वैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै विरोध गरेका हुन् । उनले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिए ।

उनले प्रदेशसभामा बोलेको विषयमा सांसद वैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने जिकिर गरे ।

संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख भएको हुँदा सत्तापक्ष पेलेरै अघि जाने नियतमा अघि वढेको उनले बताए ।

सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । 

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, जेठ ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्